नयाँ बर्षको अवसर पारेर खजुरामा पालिकास्तरीय फुटबल प्रतियोगिता हुँदै


खजुरा, बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ मा पालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित एक्टीभ यूवा क्लबले नयाँ बर्ष २०८० सालकाे अवसर पारेर प्रथम खजुरा गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता संचालन गर्न लागेको हो ।

चैत २३ गतेबाट संचालन हुने उक्त खेलमा बाँकेका विभिन्न पालिका र बर्दियाबाट समेत खेलाडीहरुको टिमकाे सहभागिता रहने क्लबका अध्यक्ष खेमसरण खत्रीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान पत्र र दाेस्राे हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कारले पुरस्कृत गरिने अध्यक्ष खत्रीले बताए ।

खेलप्रति रुचि राख्ने खेलप्रेमी युवालाई दैनिक रुपमा प्रशिक्षण दिदै आएका क्लबका प्रशिक्षक अनाेक परियारले दैनिक रुपमा खेलाडी हरुलाई अभ्यास गराउदै आएका छन उनले यो प्रतियोगिताले स्थानीय युवाहरु खेलप्रति निकै सक्रिय भएको बताए ।

फुटबल खेल क्षेत्रमा स्थानीय यूवाहरुलाई प्रशिक्षण दिदै स्थानीय स्तरमै राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो प्रतियोगितालाई वडापालिकाले सहयोग गरेको वडा अध्यक्ष फारुक शेखले बताए । नेपाली नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितालाई वडा नम्बर ६ ले आर्थिक सहयोग गरेको छ ।