नेपालगन्ज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले चलाएको ‘सदस्यता शुद्धिकरण अभियान’ अन्तर्गत रुकुम पश्चिम् जिल्लाका ४२ जना सदस्यको सदस्यता नवीकरण नहुने भएको छ ।
पत्रकार महासंघ रुकुम पश्चिम् जिल्लाको ९ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सचिब हिरा परियारद्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
उक्त जिल्लामा आवद्ध रहेका १०३ जना सदस्य मध्ये बिगतका दिनमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका तर, हाल पत्रकारिता पेशामा सक्रिय नभएका विभिन्न ४२ जना सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरि पत्रकार महासंघ कर्णाली प्रदेश र केन्द्रिय समितिमा सिफारिस गर्ने निर्णय गरिएको सचिब परियारद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

कमेरो खबर । ९ जेष्ठ २०८०, मंगलवार २०:५६