प्युठान दुर्घटना अपडेट: घाइते आठै जनाको मृत्यु

तस्बिर स्रोत : सामाजिक संजाल ।

नेपालगन्ज । प्युठानको स्वर्गद्वारीमा सोमबार दिउसो भएको कार दुर्घटनामा परी घाइते भएका आठै जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास खड्काले जानकारी दिए ।

प्युठानको स्वर्गद्वारी दर्शन गर्न गएका उनिहरुको फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका ४ स्थित स्वर्गद्वारी – भिंग्री सडक खण्डको भ्यागुतेमा उनिहरु सवार गाडी दुर्घटनामा परेको थियो । सोमबार दिउसो साढे ३ बजेतिर भएको दुर्घटनामा परी उनिहरु गम्भीर घाइते भएका थिए ।

दुर्घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले गम्भीर अवस्थामा रहेका उनिहरु सबैको उद्दार गरी उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पुराएको थियो । अस्पताल पुराइएका घाइतेहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक भएकाहरूको सनाखत र पहिचान गर्ने काम भैरहेको डिएसपी खड्काले बताए ।

यो पनि पढ्नुहोस ।

प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना, ८ जना गम्भीर घाइते, उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइदै