सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका – ४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन् । बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् ।
बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् । राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय लवराज कठायतले रातोपाटीलाई जानकारी दिए । उनको अहिलेसम्म कुनै पत्तो लागेको छैन ।
साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्याएको हो । यद्यपि मानवीय क्षति भने नभएको उनले बताए ।
गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । (फोटो/समाचार रातोपाटीबाट साभार)

कमेरो खबर । ८ असार २०८०, शुक्रबार ०८:१३