राप्रपाका उम्मेदवार बस्नेत माओवादी प्रवेश

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरखा निर्वाचन क्षेत्र २(१) बाट गण्डकी प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार रहेका ईन्जिनियर सुवोध बस्नेतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार रमेश मल्लका अनुसार, बस्नेतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै शुक्रबार माओवादी केन्द्र प्रवेश गरेका हुन ।

मल्लका अनुसार, बस्नेतले ‘नेपालको राजनीतिको सहि निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्छ । नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोरखामा उम्मेदवार भएर आउनु सम्पुर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु। म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु।’ भनेर उल्लेख गरेका छन ।