राप्ती नदीको आसपासका वासिन्दालाई सतर्क रहन बाँके प्रशासनको आग्रह


नेपालगन्ज । जिल्ला प्रशासन कार्यालयल बाँकेले राप्ती नदीको आसपास क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार एक सुचना जारी गर्दै सतर्क रहन आग्रह गरेको हो ।

प्रजिअ बिपिन आचार्यद्वारा जारी सूचनामा पश्चिम् राप्ती नदीको माथिल्लो तटिय क्षेत्रमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको साथै राप्ती नदीको बहाव एक्कासी बढेर बिहान ११:४० बजे ५.४५ मिटर पार गरेकोले नदी आसपासका वासिन्दाले सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने तथा नदीमा ओहोरदोहोर गर्ने कार्य नगर्न अनुरोध गरिएको छ ।

मैसम बिज्ञान बिभागले यस वर्ष पश्चिम राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेस होल्ड परिवर्तन गरि सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको पनि बाँके प्रशासनले जानकारी गराएको छ ।

राप्ती नदीमा पानीले खतरा तह पार गरे बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।