दशैंसंगै सुरु भएको अविरल झरीले यसपटक निकै सास्ती दिएको छ। पश्चिमी पहाडी भेग र दाँगमा पहिरो र बाँके-बर्दिया, कैलालीमा बाढीले तहसनहस पारेको छ ! आज पुर्व पश्चिम राजमार्गको पश्चिमी भाग लुम्बिनी प्रदेशको लाईफलाइन चन्द्रौटा-भालुबाङ्ग खण्डमा ४ ठाँउमा गएको पहिरोले सानाठूला पचासौं गाडी दिनभर रोकिए।
गाडी रोकिएको ठाउमा स-साना चिया पसल पनि दशै र अविरल झरीका कारण बन्द रहेकाले यात्रामा रहेका आफन्त जनको फोन आयो । बिहान ८ बजेदेखि अबरुद्ध सडक दिउसो २ बजेसम्म खुलाउने प्रयास समेत नदेखेपछि आत्तिएका यात्रुले आफन्त खोज्नु सान्दर्भिक थियोे । यसै क्रममा मलाई पनि फोन आयो र त्यहाँको अवस्था दयनीय र पिउने पानी समेत नभएको बुझे पछि मेरा चिनजानका नेता तथा प्रशासकलाई फोन गरें।
फोनको क्रममा सान्सद, मन्त्री, इन्जिनियर देखि सिडियोसमेतलाइ अनुरोध गरें। मन्त्री ज्युको फोन उठेन, बाँकी अरुको राम्रो रेस्पोन्स आयो तर उहाँहरु कतै न कतै सडक या बाढीबाट प्रभावित क्षेत्रमा रहेको जानकारी आयो ।
यस क्रममा उहाँहरुबाट सडक खुलाउन प्रयासरत रहेको सम्म जानकारी आयो तर अवस्था यति जटिल थियोे कि दाङमा मात्रै दुई दर्जन ठाउँमा सडक अबरुद्ध रहेछ । दाङका सिडियो साब आफै जाममा रहेको जानकारी पाए पछि नेपालगन्जका युवा नेता Nabin Sharma जीलाई फोन लगाएं चन्द्रौटा देखि यता आउदै गरेको थाहा पाएर फर्कन सुझाएं । त्यसपछि नेपालगन्ज कै व्यापारी प्रतिनिधि Basant Lamichhane जीलाई दोस्रोपटक फोन गरें। उहाँको सिडियो साबसंग कुरा भएको र मलाई फोन नम्बर टिपाउनु भयो । पछि थाहा भयो उहाँको गाडी अमिलिया माथि फसेको रहेछ ।
हतास हुँदै लुम्बिनी प्रदेस सान्सद मा. Ip Kharel ज्युलाइ फोन गरें । उहाले तत्कालै सडकका इन्जिनियर तथा दाङका सिडियो साबसंग कुरा गर्नु भएछ । अनि धेरै ठाउँमा पहिरो गएकोले सरकारी जेसिबी डोजरहरु बिहानैदेखि लगातार काममा रहेको र प्राइभेट डोजर लिएर तत्कालै पठाउन पहल गर्नुभयो । पछि मलाई फोन गर्नुभयो ।
सायद मेरो परिवार पनि उतै छन कि भनेर खबर लिनुभयो । मैले म होइन धेरै जना दाँग लगायत नेपालगन्ज बाँके बर्दियाका यात्रु बिहानैदेखि रुकेको, पचासौं गाडी कालाकाटे, धानखोला, दोबाटामा अलपत्र परेको, चियापसल पनि नभएको जानकारी गराएं। दिउँसो ४ बजेदेखि राति साढे ८ बजेसम्मको अथक प्रयास पछि कालाकाटेमा ७ बजे र दोबाटामा साढे ८ बजे सडक हलुका यात्रु सवारी चल्न सक्ने जानकारी आएको छ ।
बाटो खुलाउन अथक प्रयासमा रहेका चालक, दाङका प्रमुख जिल्ला अधिकारी ज्यु, पहलकर्ता माननीय आइपी खरेल सुचना दिने Chetan Acharya, Gagan Paudyal, Kiran Khanal लगायत यसमा नाम छुटेका सहयोगी सबैलाई धन्यवाद !

। २१ आश्विन २०७९, शुक्रबार १६:५७