बरौंलामा एक्सरे सेवा शुरु

प्युठान । देश संघीयतामा गएसङ्गै जनताले पाउने शिक्षा स्वास्थ्य लगायतका सेवा सुबिधा पनि क्रमशः जनताकै घरसम्म पुग्ने क्रम जारी रहेको छ ।

यसै क्रममा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २, पुरन्ठाटीमा रहेको पुरन्ठाटी स्वास्थ्य चौकीमा आइतबारदेखि एक्सरे सेवा शुरु भएको छ ।

एक्सरे सेवाको आइतबार ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले एक कार्यक्रमबिच उद्घाटन गरेका छन । उनले अब बिरामीले एक्सरे गर्नका लागि पैसा र समय बर्बाद गरेर टाढासम्म धाउनु पर्ने बाध्यता हटेको बताए । शाहले अव बिस्तारै गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरु आफ्नै घर नजिकबाट प्राप्त गर्न सकिने बताए ।

वडा नम्बर २ का अध्यक्ष भिमेष घर्तीमगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लक्ष्मी जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सागर रिजालले संचालन गरेका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, बरौला स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डा. अमित पाण्डे, ऐरावती स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्ष ज्यु, स्वास्थ्य चौकी संचालन तथा ब्यबस्थापन समितिका पदाधिकारी, पालिकाका कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारी तथा महिला स्वयंसेवीका लगायतको उपस्थिति रहेको थियो ।