खजुराबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

नेपालगन्ज । बाँकेको खजुराबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय कालु सुनार र १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोही ठाउँका २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।