नेपालगन्ज । नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी निर्विरोध चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न संघको दोस्रो अधिवेशनले अवस्थीको अध्यक्षता १३ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार बाँनिया, थोक उपाध्यक्षममा सरदराज अधिकारी, खुद्रा उपाध्यक्षमा लेखनाथ बगाले निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिए ।
महासचिवमा जीवन शर्मा, कोषाध्यक्षमा प्रदीप शाह, उप-कोषाध्यक्षमा सन्तोष घर्तिमगर चयन भएका छन् । महासचिवमा शर्मा पुनः दोहोरिएका हुन । चक्रबहादुर केसी, राजेश कुमार गुप्ता, वेवी कुमारी मण्डल, लोकबहादुर कठायत र दिपेश श्रेष्ठ सदस्यमा निर्विरोध भएका छन् ।
निवर्तमान अध्यक्ष स्वत: पदेन सदस्य हुने र एकजना कार्यसमितिले मनोनीत गर्ने प्रावधान रहेकाले संघको कार्यसमिति १५ सदस्यीय हुने नवनिर्वाचित कोषाध्यक्ष प्रदीप शाहले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

कमेरो खबर । २७ आश्विन २०८०, शनिबार १९:५२