सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिगो विकास लक्ष्यलाई पुरा गर्न कर्णाली प्रदेशमा दातृ निकायले लगानी बढाउनु पर्ने बताएका छन् ।
मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना हुँदा हुँदै पनि पछि पारिएकाले अहिले दिगो विकासका बहुआयामिक क्षेत्र पछि परेको बताए ।
एशियाली विकास बैंक र विश्व बैंकले संयुक्त रुपमा नेपालीका लागि नयाँ राष्ट्रिय सहकार्य रणनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले आवश्यकता आधारमा नीति र योजना छनौट गरिनु पर्नेमा जोड दिए । नीति निर्माण र योजना छनौट माथिबाट नभएर तलबाट माथि ९बटम टु टप० हुनुपर्ने भन्दै उनले आवश्यकताका आधारमा निर्माण गरिने नीति योजना प्रभावकारी हुने बताए ।
कर्णाली प्रदेशमा एशियाली विकास बैंक र विश्व बैंकले लगानी बढाएर दिगो विकास लक्ष्य प्राप्तिमा सघाउन मुख्यमन्त्रीले आग्रह समेत गरे । उनले कर्णाली प्रदेशको विकास गरेको योगदानप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा कर्णालीको विकासमा थप योगदान समेत हुने बताए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले गरिबी अन्त्यका लागि रोजगारी र निर्यात वढाउन उर्जा र सडक क्षेत्रमा लगानी गनुपर्ने बताए ।
एशियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले स्थानीय र प्रदेश सरकारको आवश्यकता पहिचान दिएर लगानी गर्न सातै प्रदेशमा छलफल आयोजना गरिएको बताए ।

कमेरो खबर । १८ माघ २०८०, बिहीबार १६:०६