
नेपालगन्ज, वैशाख ३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराती नेपालगन्जबाट चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
राजापुर नगरपालिका वडा नम्बर २ बर्दियाका ३१ बर्षीय सन्दीप थारुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखिएको भे १२ प ७७४३ नम्बरको मोटरसाइकल गएराती ८ बजेको समयमा हराएको भनी प्रहरीलाई खबर गरेको बाँके प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ मोटरसाइकल खोजी गर्न गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कृष्ण मन्दिर नजिकबाट बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले फेला पारेको मोटरसाइकल सम्बन्धित सवारी धनी थारुलाई सोमबार बिहान हस्तान्तरण गरेको छ ।

कमेरो खबर । ३ बैशाख २०८१, सोमबार ११:३६