माओवादी केन्द्र नेपालगन्ज १२ को अध्यक्षमा भुर्तेल चयन

नेपालगन्ज, भदौ १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले वडा अध्यक्षमा शम्भु भुर्तेललाई सर्वसम्मत चयन गरेको छ ।

बिपि चोकस्थित सुनाखरी रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्षमा गिता थापा, सचिवमा आकाश वर्मा, सहसचिवमा आशा बिक, क‍ोषाध्यक्षमा नुर जहाँ लगायत १५ सदस्यीय वडा कार्यसमिती सर्वसम्मतिले चयन भएको नवनिर्वाचित अध्यक्ष भुर्तेलले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतनबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा माओवादी केन्द्रको विकल्प नभएको बताउनुभयो । उहाँहरूले देशनै माओवादीको एजेन्डामा चलेको हुँदा आम जनतालाई सुसूचित गराउनुपर्नेमा जोड दिनुभएको थियो । प्रमुख अतिथि शाहीले विगतमा माओवादीबाट फुटेका पार्टीहरुको बिचमा छिट्टै पार्टी एकीकरण हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का निवर्तमान अध्यक्ष तिरथराम चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर सचिव प्रेमबहादुर शाही, वडा नं १२ इन्चार्ज धर्मराज न्यौपाने, नगर सचिवालय सदस्य शिला श्रेष्ठ, महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष मिना डाँगी, नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटीईभिटी केन्द्रीय उपाध्यक्ष प्रवेश शाह, बौद्धिक व्यक्तित्व भरत पौडेल, दामोदर घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे, विद्यार्थी नेता मर्मजङ्ग बम ठकुरी लगायतको उपस्थिति रहेको थियो ।