नेपाल प्रहरी श्रीमती संघद्वारा नि:शुल्क पिउने पानी वितरण


नेपालगन्ज, भदौ २१ गते । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले शुक्रबार नेपालगन्जको बागेश्वरी मन्दिरमा पूजापाठ गर्न आएका श्रदालु भक्तजनलाई नि:शुल्क पिउने पानी वितरण गरेको छ ।

नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा बागेश्वरी मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आएका श्रदालु भक्तजनहरुलाई नि:शुल्क रुपमा पिउने पानी (मिनरल वाटर) वितरण गरेको हो ।

मन्दिर दर्शन गर्न आएका भक्तजन लगायत मन्दिर परिसरमा रहेका असहाय दीनदु:खीहरुलाई समेत पिउने पानी वितरण गरिएको श्रीमती संघले जनाएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा हरितालिका तीजको अवसरमा नि:शुल्क पिउने पानी वितरण गरिएको बाँके प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी श्रीमती संघले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।