नि:शुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा बिहीवार नाक, कान तथा घाँटी रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित भएका छन् ।

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र ११ नम्बर वडा कार्यालयको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ६० जना बिरामीहरुको चेकजाँच गरिएको वडा नम्बर ११ स्थित आधारभूत स्वस्थ्य सेवा केन्द्रका अहेव कविता लामिछानेले बताउनुभयो ।

२२ जना पुरुष र ३८ जना महिला गरि ६० जना स्थानीय नागरिकको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनुभयो । दुई वर्षका बालबालिकादेखि ८० वर्षका वृद्ध वृद्धा समेतको सवास्थ्य चेकजाँच गरिएको डाक्टर बसेलले बताउनुभयो ।

शिविरमा कान कम सुन्ने, कान सुन्निएका, कानको जालीमा प्वाल परेका, नाक सुन्निएका, नाकको डाँडी बाङ्गो भएका लगायतका बिरामीहरुलाई चेकजाँच गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहनुभएका डाक्टर बसेलले बताउनुभयो ।

शिविरमा असल छिमेकीका स्वास्थ्यकर्मीहरु रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत स्वास्थ्य चौकीका कर्मचारीहरु सर्मिला सुवेदी, निमा सिंह, सीता अधिकारी र कविता लामिछानेले उपचारमा सहजीकरण गर्नुभएको थियो ।