प्युठान, माघ १७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मल्लरानी गाउँपालिका कमिटी प्युठानको अध्यक्षमा टिएस गुरुङ निर्वाचित हुनुभएको छ ।
गाउँपालिका कमिटीको बुधबार सम्पन्न तेस्रो पालिका अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । गुरुङको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद शर्मा, अनाराम विष्ट ‘अनिल’ र निर्मला पौडेल रहनुभएको छ । त्यसैगरी सचिवमा गोविन्दराज जैसी, सहसचिवमा कृष्णबहादुर नेपाली ‘बिद्रोही’, कोषाध्यक्षमा रामचन्द्र सुनारसहित ३१ सदस्यीय कार्यसमिति गठन भएको हो ।
टिएस गुरुङको अध्यक्षता र विष्णुप्रसाद शर्माले सञ्चालन गर्नुभएको अधिवेशनलाई माओवादी केन्द्र प्युठानका संयोजक यज्ञबहादुर केसी ‘प्रभात’, नारायणप्रसाद भट्टराई ‘नविन’, माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार विष्णुप्रसाद पौडेल, बामदेव पोखरेल, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल प्युठानका संयोजक रेशम भुसाल, अखिल क्रान्तिकारी प्युठान अध्यक्ष सुशीला घर्तीमगर लगायतका नेताले आआफ्ना धारणासहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले पछिल्लो समयमा माओवादीप्रति एकपटक फेरिपनि जनलहर देखिएको भन्दै जनताका समस्याहरुलाई सम्बोधन गर्दै उनिहरुकै बीचमा बसेर समस्या पहिचान र समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेरो खबर । १७ माघ २०८१, बिहीबार ०९:१६