नेपालगन्ज, माघ ३० गते । प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित भएको छ ।
बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ति सिंह क्षेत्री, महासचिवमा जयन्तकुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा वीरेन्द्रमान श्रेष्ठ रहेका छन ।
त्यसैगरी सदस्यहरुमा गोविन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोजकुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, आशा विष्ट र पार्वती थापा क्षेत्री रहेका छन । निर्वाचन समिति प्रमुख शिवकुमार श्रेष्ठले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घघाटन सत्रमा प्रमुख अतिथि ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्रबहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुका साथै नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टियस ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठले शुभकामना दिनुभएको थिए ।
यसैबीच बुधवारै समाजको पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । बैठकले सधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, वडा नम्बर २ को कार्यालय लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेको छ । साथै केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कमेरो खबर । ३० माघ २०८१, बुधबार २२:४९