दाङ, फागुन १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित हुनुभएको छ । बिहीबार तुलसीपुरमा सम्पन्न भएको जिल्लाको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, सहसचिवमा जयन्ती चौधरी र कोषाध्यक्ष निता चौधरी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएमलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा मगर, उदिराम चौधरी र जयन्ती चौधरी चयन हुनुभएको छ ।
फोनिज दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जा मगरको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कमेरो खबर । १ फाल्गुन २०८१, बिहीबार २०:२१