माओवादी सरुमारानीको अध्यक्षमा राना

प्युठान, फागुन २६ गते । नेकपा (माओवादी केन्द्र) सरुमारानी गाउँपालिका कमिटी प्युठानको अध्यक्षमा गुप्तबहादुर राना निर्वाचित हुनुभएको छ ।

पार्टीको सोमबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राना अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनले उपाध्यक्षमा नुमबहादुर खाम्चा, चिन्त लोहार र यनुका घर्तीलाई चयन गरेको छ ।

त्यसगरी सचिवमा देवीप्रसाद अधिकारी, सहसचिवमा नेत्र खनाल र कोषाध्यक्षमा योगेश सारुमगरसहित ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ ।

सयौँ जनता सहभागी रहेको अधिवेशनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री कृष्णध्वज खड्का, नेकपा (माओवादी केन्द्र)का प्युठान जिल्ला इन्चार्ज तथा संविधानसभा सदस्य नारायणप्रसाद अधिकारी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धबहादुर बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनमा नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य लक्ष्मी पल्ली, कृष्णबहादुर खाम्चा लगायत विभिन्न मोर्चा, जनवर्गीय संगठन तथा विभागका जिल्लास्तरीय नेताहरूको समेत उपस्थिति रहेको थियो ।