प्युठानमा एमालेका थापा २८ सय बढी मतले अगाडी

प्युठान । प्रतिनिधि सभा सदस्यका लागि प्युठानबाट एमालेका उम्मेदवार सुर्य थापाले १० हजार ३१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ७ हजार १ सय ८२ मत प्राप्त गरेकी छिन । थापाले २ हजार ८ सय ४९ मतले पौडेललाई पछाडी पारेका छन ।

९ पालिका रहेको प्युठानमा हालसम्म सरुमारानी र नौबहिनी गरी दुई गाउँपालिकामा मत गणना सम्पन्न भएको छ ।