नेपालगन्ज । बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(१) मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी नमुनाले अग्रता कायमै राखेकी छिन् ।
नमुना ३६५१ मतका साथ अग्रस्थानमा छिन् । उनलाई राप्रपाका नरेन्द्र पौडेलले २९७७ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका जसपाका अम्बर बहादुर खड्काले २२६७ मत पाएका छन् ।

कमेरो खबर । ७ मंसिर २०७९, बुधबार १७:१८