जब्दीघाटको पुल बबई नदीमा बग्यो

निर्माण कार्य सम्पन्न नहुदै भास्सिएको बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल लगातारको बर्षा सगैं बबई नदीमा बगेको छ ।

यसले दुई पालिकाको आवागमनलाई झनै सास्तीपूर्ण बनाईदिएको छ । निर्माण ब्यवासायि पप्पु कन्ट्रसनले उच्च गुणस्तरको पुल नबनाईदिदाँ वारपारका लागी फेरी पुरानै दिन फर्किएको स्थानीयको भनाई छ ।

बाँकी रहेको पुलको भाग पनि जोखिम पूर्ण भएकाले तत्कालै भत्काएर नयाँ पक्की पुल निर्माण गरिनुपर्ने स्थानीयको माग छ ।

२०७१ सालको बाढी यता विभिन्न राजनीतिक दलका नेताहरुले नयाँ पक्की पुल बनाउने भनी गरेको प्रतिबद्ध अर्को चुनाव आउँदा समेत पुरा नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन ।