जनयुद्ध दिवसको उपलक्ष्यमा कर्णालीमा फागुन १ गते सार्वजनिक विदा

तस्वीर श्रोत : गुगल ।

नेपालगन्ज । कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्ध शुरू भएको भन्दै उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा नेकपा माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री रहेका छन् ।

माओवादीको नेतृत्व रहेको कर्णाली सरकारमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ । बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।